वीरगंज, २६ मंसिर । वीरगञ्ज उपमहानगरपालिका वडा नम्वर ११ पानीटंकी स्थित मन्जु कुमारीको घरबाट राती ना ३५ प ४३७३ नम्बरको रातो पल्सर मोटरसाइकल चोरी भएको छ ।
नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला गाबिस बिश्रामपुर वडा नम्वर–५ बस्ने शिव प्रसाद पटेलको नाउमा रहेको सो मोटरसाईकल उनका मित्र मोटर राउत कुर्मीले चढदै आएका थिए । सो घरमा कुर्मी डेरा लिई बसोवास गर्दै आएका हुन । घरको कम्पाउडमा राखिएको मोटरसाईकल रातीको समयमा आएको चोरहरुको समुहले ताल्चा फोडेर चोरी गरेका छन् । पिडितद्वारा जिल्ला प्रहरी कार्यालय पर्सामा समेत उजुरी दिएको र हाल चोरहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल वीरगंज स्थित रिसव मोटरर्सबाट २०७२ बैशाख ३१ गते खरिद गरिएको थियो ।