• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मितेरी पुलमा धर्ना बसेकाहरुलाई आगो बाल्न दाउरा

पर्सा, २६ मंसिर । मधेसी मोर्चाले अहवान गरेको मधेस बन्दको १२१ औं दिन र नाकाबन्दीको ८१ औ दिन मोर्चाको बन्द जारी रहेको छ ।
बन्दले भारतबाट वीरगञ्ज भएर आउने कुनै पनि मालबाहक सवारी साधन भित्रिन पाएका छैनन् भने बजार कलकरखाना पनि खुल्न सकेका छैनन् । मधेसको माग सम्बोधनका लागि नेपाल भारतको सिमानाका मितेरी पुलमा धर्ना दिईरहेका मोर्चाका कार्यकर्ताहरुलाई चिसोबाट रहतका लागि संधिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदिप यादवले झण्डै ८ क्यून्टल दाउरा उपलब्ध गराएको छ ।
बढदो चिसोका कारण स्थानिय निकायले दाउरा उपलब्ध नगराएकाले पर्साको मनियारी चिरान मिलबाट १२ हजार रुपैयाँ बराबरको एक टयाक्टर दाउरा सहयोग गरेका छन् । धर्नामा जाग्राम बसिरहेका मोर्चाका कार्यकर्ताहरुलाई बाक्लो हुस्सो र चिसोका कारण गाह्रो भईरहेकोले आगो बाल्नका लागि सहयोग गरेको अध्यक्ष यादवले बताए । दाउराका लागि मोर्चाका संदिप यादव, लखनलाल साह, अक्षेलाल महतो, राजुदिन बाबु लगायतले सहयोग गरेका छन् ।