Top_Header_Right_Add

हात्तीको आक्रमणबाट एक युवक गम्भिर

हात्तीको आक्रमणबाट एक युवक गम्भिर

राम नारायण पंडित, सिरहा, २६ मंसिर । सिरहाको बरहरामाल–३ बन्दिपुरमा जङ्गली हातीको आक्रामणबाट एक युवक गम्भिर घाइते भएको छ ।

घाइते हुनेमा कर्जन्हा–५ हथलेटबाका अन्दाजी २५ बर्षीय दुर्गेश यादब रहेका छन् । हथलेटबाबाट आफ्नो बहिनीको घर बन्दिपुर गएको यादब शुक्रवार राती घरबाट बाहिर पिसाब फेर्न निस्केको समयमा अकस्मात तीन वटा हातीको समुहले आक्रमण गरेको जनाइएको छ ।
हातीको आक्रमणबाट गम्भिर घाइते भएका यादवको स्थानिय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुविधानसम्पन्न अस्पतालमा रेफर गरिएको छ । सिरहामा केही दिनयता जङ्गली हातीले लगातार आक्रमण गरिरहेका कारण चुरे क्षेत्रका वासिन्दाहरु त्रसित भएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer