• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अरबिक भाषा तालिम सञ्चालन

काठमाडौं, २५ मंसिर । अलहिरा एडुकेसनल सोसाइटी नेपालले ४५ दिने अरबिक भाषा तालिमको शुक्रवार एक कार्यक्रमका बिच उदघाटन गरेको छ ।

अलहिरा एडुकेसनल सोसाइटी नेपालका महासचिव गुलाम रसूल फलाहीको अध्यक्षतामा आयोजित उदघाटन समारोहका प्रारम्भ मौलाना ताहिर नद्वीले कुरानको पाठ् र त्यसको अनुवादबाट गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ईस्लामी संघ नेपालका अध्यक्ष नजरुल हुसेनले अरबिक भाषाको महत्वबारे जिकिर गर्दै यस् तालिमले सहभागीहरुलाई ठुलो फाईदा पुग्ने कुरा बताए ।
भाषा आफ्नो कुरा राख्ने माध्यम भएकोले यसलाई कुन पनि धर्मका साथ नजोडी गर्बका साथ सबै भाषा सिक्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै ईस्लामी संघ नेपालका कार्यकारी महासचिव खुर्शिद आलमले अरबी भाषा ईस्लामलाई बुझ्न महत्वपूर्ण हुनुका साथै बैदेशिक रोजगारमा पनि ठुलो महत्व राखेको बताए ।
काठमाडौं जिल्लाको सरकारी निकायबाट आएका सिनियर सोसल डेभेलपमेन्ट अफिसर दीपक कुमार केसीले अरबी भाषाले आफ्नो जीवनलाई राम्रो मोड दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । मुस्लिमलाई मात्र नभइ सबैलाई यो तालिममा सामेल गराएकोमा उनले आयोजक संस्थालाई धन्यवाद दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा वामी नेपालका कन्ट्री डाइरेक्टर डा. शमिम अह्मदले बैदेशीक रोजगारमा आइपर्ने समस्याहरु बारे चर्चा गर्दै त्यस्को प्रमुख कारक भाषाको ज्ञानको कमी भएको बताए । कुरआन अरबी भाषामा भएकोले मुस्लिमहरुका लागि यो भाषा झन महत्वपूर्ण भएको बताए ।
कार्यक्रमका अध्यक्ष तथा आयोजक संस्थाका महासचिव गुलाम रसुलले नेपालमा पनि अरबी भाषाको महत्व बढ्दै गएको र यसले रोजगारको अवसर पनि सृजना हुँदैगएको जिकिर गरे ।
कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकार अली अख्तर मिकरानी, स्वास्थ्य तथा उद्धार संघका डा नसिम, हुदा नेपालका सेख अयुब, डा मुअज्जम, मुस्लिम वेलफेयर सोसाइटीका रह्मतुल्लाह मियाँ, ई. सनाउल्लाह लगायतका अन्य ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । ४५ दिन सम्म चल्ने उक्त कार्यक्रम ईस्लामी संघ नेपालको केन्द्रीय कार्यलयको कार्यक्रमकक्षमा सञ्चालन हुने उक्त तालिममा पुरुष महिला समेत गरी ३५ जनाको सहभागिता रहेको छ ।