• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शहीद मन्सी पटेललाई आर्थिक सहयोग

वीरगंज, २४ मंसिर । जारी मधेस आन्दोलनको क्रममा गोली लागि गम्भिर घाईते भएका मन्सी पटेलको परिवारलाई त्रिजुद्ध महाबिर प्रसाद रघुबिर राम उच्च माध्यमिक बिद्यालय वीरगंजका बिद्यार्थी र शिक्षकहरुले नगद सहयोग गरेका छन् ।
पर्सा जिल्ला गाबिस बगही वडा नम्वर ३ निवासी मन्सीलाई संबिधान घोषणा भएकै दिन प्रहरी र प्रर्दशनकारी बिच वीरगञ्ज स्थित माईस्थान चौकमा झडप हुदाँ गोली लागेको थियो । गोली लागेपछि वीरगञ्जमा उपचार सम्भव नभए पछि काठमाडौं स्थित वीर अस्पतालमा हाल सम्म उपचार भईरहेको छ । उनको पिठ्यु , छाती र ढाडको भागमा गोली लागेको थियो । उनको उपचार संलग्न चिकित्सकका अनुसार मेरुदण्ड र ढाडको अवस्था निकै नै जोखिमपुर्ण रहेको परिवारका एक सदस्यले बताए ।
जिउँदो शहिद मन्सी पटेलको परिवारीक अवस्था निकै नै दयनिय भएको हुनाले आज त्रिजुद्ध उच्च माबि वीरगञ्जका बिद्यार्थी र शिक्षकहले नगद ६ हजार ५ सय उनको परिवारलाई सहयोग गरिएको बिद्यालयका शिक्षक रबि चौरसियाले बताए । बिद्यालयमा शिक्षकद्वव रबि चौरसिया र सरोज पटेलको सक्रियतामा कक्षा ७ देखि कक्षा १२ सम्मका बिद्यार्थी र शिक्षक शिक्षिकाहरुबाट स्वेच्छिक सहयोग बाट संकलन गरिएको थियो ।