काठमाडौ, २२ मसिर – संवैधानिक परिषद्ले रिक्त निर्वाचन आयोगको प्रमुख आयुक्तमा डा.आयोधिप्रसाद यादवलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । यादव आयोगकै आयुक्त हुन् । संवैधानिक परिषद्को मंगलबार बसेको बैठकले उनलाई प्रमुख आयुक्त बनाउने निर्णय गरे पनि आयुक्तहरुको वारेमा भने निर्णय गर्न सकेन । यादव विगत ८ वर्षदेखि निरन्तर निर्वाचन अायाेगमा रहेका छन् ।
सन् २०१३ जनवरी १० तारिखमा उनले निर्वाचन आयोगमा निर्वाचन आयुक्तका रुपमा पहिलो ६ वर्षे कार्यकाल पुरा गरेका थिए । उनी सन् २०१३ मार्च १४ मा पुनः निर्वाचन आयुक्तका रुपमा नियुक्त भएका हुन् ।
सप्तरीकाे प्रशवनी गा.वि.स. वडा नं. ७ बनौलीमा वि.सं.२०१२ जन्मेका यादवले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । – Source:chakrapath.com