• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

देशैभरी आन्दोलन चर्काउने चिकित्सक संघको चेतावनी

देशैभरी आन्दोलन चर्काउने चिकित्सक संघको चेतावनी

राजविराज, २० मंसिर । विगत दुई सातादेखि सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा ठप्प रहँदैआए पनि स्थानीय प्रशासन जिम्मेवार नभएको भन्दै नेपाल चिकित्सक संघले देशैभरी आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्र कुटपीट गरेको विरोधमा जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले
आन्दोलनलाई निरन्तरता दिँदैआएका हुन् । संघका केन्द्रीय अध्यक्ष डा. अञ्जनी कुमार झा र महासचिव मुक्तिराम श्रेष्ठ सम्मिलित टोलीले सोमवार गत मंसिर ६ गते अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि गरिएको कुटपीट घटनाको विषयमा जानकारी लिँदै तत्काल समस्या समाधान नगरिए देशैभरि सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
उक्त टोलीले घटनाबारे जानकारी लिएर सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्टसँग भेटेर स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रलाई उपेक्षा गर्न नमिल्ने भन्दै अविलम्ब समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीको माग सम्बोधन गर्न ढिलाई भए देशैभरिका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प पार्ने नेपाल चिकित्सक संघका अध्यक्ष झाले चेतावनी दिए ।
जिल्लाभरीका चिकित्सकहित स्वास्थ्यकर्मीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको निलम्बन, शान्ति सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग राख्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरु विगत दुई सातादेखि ठप्प पार्दै राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरमा पालमुनि आकस्मिक सेवा सेवा प्रदान गर्दैआएका छन् । अस्पताल परिसरमै उनीहरुले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
आन्दोलन रहर होइन बाध्यता

3
डा. दीपा यादव

विहीबारदेखि उनीहरुले सरकारी स्वास्थ्य संस्थाबाट प्रहरी प्रशासनबाट आउने घाउ जाँच केश फारम र मादक पदार्थ सेवन प्रमाणित गर्ने कार्य समेत वहिष्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालयबाट घाइतेको घाउ जाँच केश फारम समेत गर्न नमानेपछि बाध्य भएर आफूहरुले घाउ जाँच केश फारम र मादक पदार्थ सेवन प्रमाणित गर्ने सेवा बन्द गरेको अञ्चल अस्पतालकी निमित मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेकी डा. दीपा यादवले बताइन् ।
जिल्लाभरी सम्पूर्ण स्वास्थ्य संस्था बन्द रहँदा पनि स्थानिय प्रशासनले हालसम्म समस्या समाधान गर्न चासो नदेखाएको उनले बताईन् । आफूहरुको आन्दोलन रहर नभई बाध्यता भएको प्रष्ट्याउँदै डा. यादवले भनिन् ‘अस्पताल जस्तो सम्वेदनशील क्षेत्रको हाताभित्र प्रहरी हतियासहित प्रवेश गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्ममतापूर्व कुटपीट गरेपछि हामीहरु बाध्य भएर आन्दोलनमा उत्रियौं, तर राज्यले हालसम्मम समस्या समाधानकालागि चासो देखाएको छैन । आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन डा. यादवले संघर्ष समितिको तर्फबाट आग्रह गरिन् ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भट्टले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनको समाधान खोज्न आफूहरुले प्रयास गरे पनि एसपीहरुको निलम्बन गर्ने अधिकार आफूहरुमा नरहेको बताए । यद्यपी आफूहरुले हदैसम्मको लचकता अपनाएर समस्याको निकास खोज्न प्रयासरत रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।