जारी मधेश आन्दोलनको सम्बोधन बारे तीन ठूला दलको साझा धारणा आएको छ । संसदमा दर्ता भएको विधेयक संसोधन गर्ने तथा सिंमाकनको विषय राजनितिक समितिमा सहमतिबाट तीन महिनामा टुगो लगाउने भनेको छ । यसमा मधेशी मोर्चाले सहमति जनायो भने सम्पूर्ण मधेशी जनता र आन्दोलनका सहिदहरुको अपमान हुनेछ । ५० जना मधेसीहरुले यस्तो सहमतिकोलागी शहिद भएका होइनन् । पटक पटक उधारो सम्झोैता गर्नुको कुनै तुक छैन । मधेश आन्दोलन अहिले जनआन्दोलनको रुप लिईसकेको वेलामा उधारो सम्झौता गर्नू भनेको आफनै खुट्टामा बन्चरो हान्नु जस्तो हो । पटक पटक बेइमानी गर्नेहरुलाई फेरी फेरी विश्वास गर्नु कदापी राम्रो हुँदैन । सबै सजग र सर्तक रहौ !
अधिकारकर्मी रीता साहको फेसबुक वालबाट