शहीदहरुको सपना साकार पार्न जस्तोसुकै संघर्ष गर्ने प्रतिवद्धता
राजविराज, १८ मंसिर । मधेशी जनताको मुक्तिकालागि ज्यान उत्सर्ग गरेका शहीदहरुको बलिदानीलाई खेर जान नदिन आफूहरु जस्तोसुकै संघर्ष गर्न तयार रहेको एक कार्यक्रमका वक्ताहरुले प्रतिवद्धता व्यकत गरेका छन् ।
मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा राजविराज स्थित गजेन्द्र चौकमा शुक्रवार आयोजित बिरोधसभाका वक्ताहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । रामकृष्ण राउत, राजीव राउत, नागेश्वर यादव, विरेन्द्र राम, दिलिप साह र शिवशंकर दासको स्मरणमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ले मधेशी जनताको समान हकको सुनिश्चितता र स्वायतता नपाएसम्म संघर्ष जारी रहने बताए । ‘शहीदहरुको बलिदानीलाई खेर जान नदिन हामीहरु जस्तोसुकै संघर्ष गर्न तयार र्छौं’ उनले भने ‘शासकवर्गको क्रुर दमनको सामना गर्न मधेशी जनता तयार छ ।’
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीले मधेशी शहीदहरुको आकांक्षा अखण्ड मधेश रहेको भन्दै यसलाई साकार पार्न एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । मधेशी जनतालाई हरेक क्षेत्र र तहमा जनसंख्याको आधारमा सहभागिता चाहिएको भन्दै मधेशको भूमीलाई टुक्र्याउन नमिल्ने उनले बताए ।
सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह,संयुक्त राष्ट्रिय मधेशी आन्दोलन समितिका प्रवक्ता बलराम यादव, सदभावना पार्टीका केन्द्रीय सदस्यहरु दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, विशेश्वर यादव, दिनेश यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यद्वय जयप्रकाश ठाकुर, साधना झा, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय उपाध्यक्ष गङ्गाराम यादव, राजनीतिकर्मी सत्यनारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय नेता भरत साह, नेकपा माओवादीका केन्द्रीय सदस्य भुलाई राम, ओबिसी महासंघका केन्द्रीय प्रवक्ता उपेन्द्र साह, मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष विनोद कुमार सिंह, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय जय प्रकाश सिंह, सुरेश कुमार सिंह, राम नारायण यादव, रामवृक्ष महतो, नेपाल सद्भावना पार्टी गजेन्दवादीकी केन्द्रीय सदस्य सावित्री पण्डित लगायतले मधेशको माग पुरा नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिएका छन् ।
श्रद्धाञ्जलीसभामा विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, नेकपा (माओवादी)का जिल्ला संयोजक जय प्रकाश यादव, प्रहरीको गोलीबाट घाइते नेता रामगमन साह महिला मञ्चकी केन्द्रीय कोषाध्यक्ष पूनम यादव, अधिकारकर्मी जंग बहादुर सिंह, महिला अधिकारकर्मी आभासेतु सिंह, महिला मंचकी केन्द्रिय सदस्य ललिता देवी, मधेशी मोर्चाका नगर संयोजक उमेश साह, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव, सह–संयोजक तारकेश्वर यादव लगायतले मन्तव्य व्यक्त गरेका छन् ।
मधेशी मोर्चाका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सभाको सञ्चालन युवा नेता केदार यादवले गरेका छन् ।