काठमाण्डौ, १८ मंसिर । बालुवाटारमा डाकिएको वार्तामा संयुक्त लाकेतान्त्रिक मधेसी मोर्चा अनुपस्थित भएका छन् ।
सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाको बीचको वार्ताको समय निर्धारण गरिएको थियो । शुक्रवार साँझ ५ बजे डाकिएको वार्तामा मोर्चाले सहभागिता जनाएन । नवलपुर घटनाको विरोध विरोध गर्दै वार्तामा मोर्चा सहभागी नगएको जनाइएको छ । नवलपुरमा बिहीबार मधेसी मोर्चाले आयोजना गरेको सभामा प्रहरीले गोली चलाएपछि सभा आयोजना हुन सकेको थिएन ।