राजविराज, १७ मंसिर । मधेशी मोर्चा सप्तरीको निर्णय अनुसार शहीद परिवारलाई विहीवार किरिया खर्च वापत पच्चीस हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
मोर्चाका नेताहरूले जमुनी मधेपुरा–९ का शहीद नागेश्वर यादवकी पत्नी सुषमा देवी यादवलाई किरिया खर्च उपलब्ध गराएका हुन् । सोही क्रममा छपकी पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोली र मानवअधिकारवादीहरु बीच केहीबेर छलफल समेत भएको थियो । राज्यको विभेद, दमनकारी निति तथा मधेशी जनतामाथि गरिएको भेदभावको विषयमा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, नेकपा माओवादीका केन्द्रीय सदस्य महेश यादव, नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य जयप्रकाश सिंह, सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अशोक यादव, मोर्चाका संयोजक सुनिल कुमार झा, फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, युवा नेता केदार यादव, जिल्ला अध्यक्ष सुवी यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, विद्यार्थी नेता तारकेश्वर यादव लगायतले आयोगको टोलीलाई जानकारी गराएका छन् ।