• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मेनरोडकै घरमा पचास लाख रुपैयाँ बराबरको चोरी, घरधनी बेहोस

मेनरोडकै घरमा पचास लाख रुपैयाँ बराबरको चोरी, घरधनी बेहोस

राजविराज, १५ मंसिर । राजविराज नगरपालिका वडा नम्वर–१ मेनरोड स्थित सीता देवी साहको घरमा सोमवार राती लाखौं रुपैयाँ बराबरको गरगहना चोरी भएको छ ।
उपचार गराउन गएको मौका छोपी चोरहरुले उनको घरबाट करिब ६० तौला सुन तथा डेढ सय तौला चाँदीका गहनाहरु लगेका हुन् । मूल गेटमा लगाइएको ताल्चा फोडेर भित्र पसेका चोरहरुले स्व. जगदीश साहकी पत्नी सीताको घरबाट पुरानो सेफ, दराज तथा सन्दुकमा राखिएको सुनचाँदीका गरगहनाका साथै नगद करिब तीन लाख रुपैयाँ चोरी भएको जनाइको छ ।
उनी दरभङ्गाबाट उपचार गराएर घर फर्किदा अर्कै नयाँ ताल्चा लागेको देखेपछि झस्किएका थिए । ताल्चा फोडेर भित्र हेर्दा छुट्टा–छुट्टै तीन ओटो कोठाबाट चोरले बहुमूल्य सामानहरु लगेका छन् । घरमा लगाइएका ताल्चाहरु फुटाएर चोरले करिब ५० लाख रुपैयाँ बराबरको सरसामान चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घरबाट के कति र कुन–कुन सामान चोरी भएको हो ? सो बारे विस्तुत खुल्न सकेको छैन । गरगहना र नगद समेत चोरी भएको थाहा पाएलगत्तै घरधनी सीतादेवी बेहोस हुने गरेकी छिन् । यद्यपी आफ्ना परिवारजनका सम्पूर्ण गहनाहरु सुरक्षा दृष्टिकोणले राजविराजमै राखिएको उनले बताईन् । chori-2
तीन दिन अघि उनी दरभङ्गा प्रस्थान गर्ने क्रममा सडकतर्फको कोठा भाडामा लिएर नव दुर्गा ट्रेडर्सका सञ्चालक सुशील श्रेष्ठलाई रेखदेख गर्नकालागि एउटा कोठा र मुख्य गेटको साँचो दिएकी थिइन् । यद्यपी श्रेष्ठले भने राती मात्र स्कटिङ्गबाट सामान लिन गएको अवस्थामा चोरी भएको हुनसक्ने बताईएको छ ।