• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

घाइतेहरुको अवस्था बुझ्दै मोर्चाका नेताहरु

घाइतेहरुको अवस्था बुझ्दै मोर्चाका नेताहरु

राजविराज, १५ मंसिर । प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका राजविराज नगरपालिका वडा नम्वर–७ निवासी राष्ट्रिय खेलाडी मनोज कुमार यादवको अवस्थाबारे मधेशी मोर्चाका नेताहरुले जानकारी लिएका छन् ।
उपचार पछि घरमै आराम गरिरहेका भारोत्तोलनका गोल्डमेडलिष्ट खेलाडि यादवको घरमै पुगेर मङ्गलवार भेंटघाट गरेका हुन् । ५६ किलोको भारोत्तोलनका २४ वर्षिय खेलाडी यादवले आगामी जेठमा हुन गइरहेको साफ गेमका लागि अभ्यास सकेर साथीको घरतर्फ जाँदै गरेको अवस्थामा राजविराज–४ स्थित हनुमान मन्दिर नजिक प्रहरीले मंसीर ७ गते निर्घात कुटपीट गरेका थिए । कुटपीटबाट टाउँको तथा शरिरको विभिन्न भागमा उनलाई गम्भीर चोट लागेको छ । साफ गेमको छनौट काठमाण्डौमा मंसिर २६ गते हुन गइरहेको छ ।DSC04063
पूर्व सैनिक समेत रहेका उनी चर्चित अन्तर्राष्ट्रिय खेलाडि पुन्तीलाल यादवका छोरा हुन् । उनको अवस्थाबारे बुझ्न राजनीतिकर्मी सत्यनारायण यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, मानवअधिकारकर्मी जङ्गबहादुर सिंह, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, मधेशी मोर्चाका नगर संयोजक उमेश कुमार यादव, मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादव, गोपाल प्रसाद गुप्ता, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवसमेतको टोली पुगेका थिए ।