• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शहीदहरुको शवयात्रामा अपार जनसागर (फोटो फिचर)

शहीदहरुको शवयात्रामा अपार जनसागर (फोटो फिचर)

राजविराज, १२ मंसिर । जारी मधेश आन्दोलनका क्रममा सप्तरीको विभिन्न स्थानहरुमा सहादत प्राप्त गरेका चार जनाको शवयात्रा शनिवार गरिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पश्चात उनीहरुको शव सप्तरी ल्याएर संयुक्त रुपमा शवयात्रा गरिएको हो । शनिबार र आइतबार आन्दोलनका क्रममा शहादत प्राप्त गरेका डाढा गाविसको बलिया–बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा–९ छपकी निवासी नागेश्वर यादव, जमुनी मधेपुरा–४ प्रसाही टोलका शिबशंकर दास र राजविराज नगरपालिका–१ निवासी दिलिप कुमार साहको संयुक्त शवयात्रा निकालिएको छ ।12314702_10153335844532399_1400158374171457405_o
जिल्लाको विभिन्न स्थानहरुको परिक्रमका गराउँदै उनीहरुको पार्थिव शरिर विहान ११.३० बजेदेखि १ बजेसम्म राजविराज स्थित गजेन्द्र चौकमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उक्त अवसरमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायतका केन्द्रीय नेताहरुले उनीहरुको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गरेका छन् । शवयात्रामा गाउँगाउँबाट आएका हज्जारौं जनसमुदायको सहभागिता रहेको छ ।12307484_10153335840332399_8973418941928866275_o
सिरहाको लहान स्थित रमेश महतो चौकसम्म पुगेर जिल्लाको विभिन्न स्थानहरुमा शवयात्रा गराई शनिवारै साँझ अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाईने कार्यक्रम रहेको मधेशी मोर्चा सप्तरीका संयोजक सुनिलकुमार झाले जानकारी दिएका छन् । 12248240_10153335840097399_3660262620650392953_o

12303999_10153335839417399_131046477127136800_o

4

तस्विरहरुः श्यामसुन्दर यादव/शिवप्रताप साह