• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी अपडेटः शहीदहरुको शवयात्रा सकेर परिवारजनको जिम्मा लगाइने

सप्तरी अपडेटः शहीदहरुको शवयात्रा सकेर परिवारजनको जिम्मा लगाइने

राजविराज, १२ मंसिर । जारी मधेश आन्दोलनका क्रममा सप्तरीको विभिन्न स्थानहरुमा सहादत प्राप्त गरेका चार जनाको शवयात्रा शनिवार गरिएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पश्चात उनीहरुको शव सप्तरी ल्याएर संयुक्त रुपमा शवयात्रा गरिएको हो । शनिबार र आइतबार आन्दोलनका क्रममा शहादत प्राप्त गरेका डाढा गाविसको बलिया–बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा–९ छपकी निवासी नागेश्वर यादव, जमुनी मधेपुरा–४ प्रसाही टोलका शिबशंकर दास र राजविराज नगरपालिका–१ निवासी दिलिप कुमार साहको संयुक्त शवयात्रा निकालिएको छ ।
जिल्लाको विभिन्न स्थानहरुको परिक्रमका गराउँदै उनीहरुको पार्थिव शरिर विहान ११.३० बजेदेखि १ बजेसम्म राजविराज स्थित गजेन्द्र चौकमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उक्त अवसरमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायतका केन्द्रीय नेताहरुले उनीहरुको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गरेका छन् । शवयात्रामा गाउँगाउँबाट आएका हज्जारौं जनसमुदायको सहभागिता रहेको छ ।3
सिरहाको लहान स्थित रमेश महतो चौकसम्म पुगेर जिल्लाको विभिन्न स्थानहरुमा शवयात्रा गराई शनिवारै साँझ अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाईने कार्यक्रम रहेको मधेशी मोर्चा सप्तरीका संयोजक सुनिलकुमार झाले जानकारी दिएका छन् ।