• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिरहा, १० मंसिर । सिरहामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा ६ बगहामा विहिबार बिहान पश्चिमबाट पुर्वतर्फ गइरहेको ज ५ प ६५६० नम्बरको मोटरसाइल र विपरित दिशाबाट आईरहेको ज ६ प ६८८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परि ज ५ प ६५६० नम्बरको मोटरसाइकल चालक धनुषा पुरनदाहा ३ का २२ बर्षीय पप्पु यादबको मृत्यु भएको छ ।
दुर्घटनामा ज ६ प ६८८० नम्बरके मोटरसाइकलको चालक बगहा का ५० सरयुग महतो गम्भिर घाइते भएका छन् । गम्भिर घाइते महतोको स्थानिय क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको प्रहरीले जनाएको छ । यता मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ ।