जोगिन्द्र यादब, https://www.facebook.com/jogindra.yadav.73
२०७० साल मङ्सिर ४ गते अर्थात् नेपालकाे दाेस्राे संविधान सभाकाे चुनाव जसमा म पनि एउटा सरकारकै निकायबाट सहयोगमा जुटेको थियौ र काँग्रेस पार्टीको एउटा कार्यक्रममा सहभागी भएको थियोे र अाफ्नाे तर्फबाट सुरक्षाको जिम्मेवारी लिएर १२ बजेको घाममा उभिएर सुरक्षा प्रदान गरिए र त्यो कार्यक्रममा चिया नस्ताकाे पनि व्यवस्था थियोे तर हामीहरु अाचारसहिनताकाे मातहतमा रहेर त्यो चिया नस्ता बहिष्कार गरियो किनकि अाचारसहिनताकाे कार्य दाईरा भित्र बसेर हामीलाई काम गर्नुपर्नेलगायतकाे ट्रेनिङ दिएकाले यस्तो गरेको थियो ।
तर अाज जुन तरिकाले नेपाल सरकार बनाईएकाे छ के त्यो अाचारसहिनता भित्र छ यदि छ भन्ने सम्पूर्ण नेपालीहरुलाई अाग्रह गर्न चाहन्छौं कि अाफ्नाे छातीमा हात राखेर भन्नू याे सरकार अाचारसहिनता भित्र छ । र याे प्रदेश बाडफाड सहि छ । यदि छ भन्ने भन्नूस् मधेस भनेकाे के हाे र यस अन्तर्गत कतिवाट जिल्ला पर्दछ र भित्री मधेसमा कति जिल्ला छ यदि मधेसीहरुले मधेस प्रदेशको मागले गर्दा प्रदेशको अवस्था सृजना भएको छ भन्ने सम्पूर्ण मधेस किन दिएन यदि दिन सक्दैनन् भन्ने किन बाड्याे अाधा मधेस बाड्नु हाे भन्ने पुरै मधेस बाड्नु यदि देशकाे विकासको लागि प्रदेश छुट्टयाइएको छ भने ५ विकास क्षेत्रलाई ५ प्रदेशमा वाडदा हुन्थ्यो । यदि याे प्रदेश सिमाङकन ठिक छ भन्ने चितवन लाई मात्रै तराईमा
मिसाइदिनु मधेसीले अरु केही मागदैन । तर सक्दैनन् यस्तो गर्न याे पापी सरकारले किनकि यसकाे नियतिमा खाेट छ । याे देशकाे विकास हाेईन देशकाे विनाश गर्न अाएकाे सरकार हाे ।
अाज अर्बौं खर्बाैँ रुपैयाँ लगाएर बनाएकाे संविधान किन जनताकाे हकहितको लागि भएन किन विकासको एउटा पनि बाटो समात्न सकेनन् । यदि नेपाली जनता समयमै सतर्कता अपनाएन भने एक दिन प्रचण्डको चक्र भ्युमा सम्पूर्ण नेपालीलाई दास बनाएर बस्न बाध्य बनाईन्छ । देश वचाउ देश बनाउ नाराकाे साथ अाफ्नाे अधिकार सुनिश्चित गर्नुस् । ६ वटा उप प्रधानमन्त्री कुन सँविधानमा लेखेको छ । कुन देशमा बनेको छ ६ वटा उप प्रधानमन्त्री ईतिहासकाे पन्ना पल्टाउँदा कुनै ठाउँमा भेटदैन हाेला याे सव प्रचण्डको खेल हाे । समयमा जनताहरुलाई सतर्क हुनु जरुरी छ ।