• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरीको कुटाईबाट आधा दर्जनभन्दा बढी घाइते

प्रहरीको कुटाईबाट आधा दर्जनभन्दा बढी घाइते

राजविराज, ७ मंसिर । प्रहरीको कुटाईबाट राजविराजमा सोमवार तीन जना घाइते भएका छन् । नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीको घरमा पाहुना आएका करिब ३० वर्षिय नरेन्द्र दुगड घाइते भएका छन् । ईटहरी–१ घर भएका उनलाई घरमा बसिरहेको अवस्थामा प्रहरीले घरभित्र पसेर निर्घात कुटपीट गरेका हुन् । लाठी प्रहारबाट उनको टाउँको फुटेको छ ।
यस्तै राजविराज–६ का २५ वर्षिय मनोज यादव र राजविराज हटियाका सोनु भनिने गौरव साह घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको जनाइएको छ । मनोज भारातौलनका गोल्डमेडलिस्ट खेलाडि हुन् । अभ्यासका क्रममा महेन्द्र क्लवतर्फ गईरहेको अवस्थामा प्रहरीले कुटपीट गरेको पारिवारिक श्रोतले जनाएको छ ।
यसैगरी प्रहरीले गरेको लाठी चार्जबाट संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विद्यार्थी फोरमका केन्द्रीय उपाध्यक्ष रमेश कुमार यादव घाइते भएका छन् । साह धर्मशालामा आयोजित बैठकमा सहभागी हुनका लागि जाने क्रममा प्रहरीले गरेको कुटपीटबाट पाखुराको हड्डी भाँचिएको जनाइएको छ ।
यस्तै प्रहरीको लाठी प्रहारबाट रञ्जितपुर–९ का ४५ वर्षिय वीरेन्द्र कुमार राम गम्भीर घाइते भएका छन् । टाउँको फुटेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका थिए । यद्यपी मानवअधिकारकर्मी, नागरिक समाज र पत्रकारको सहयोगमा उनलाई उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको आकस्मिक कक्षमा लगिएको छ ।