• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुई ओटा मोटरसाइकलमा आगजनी

राजविराज, ७ मंसिर । मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमवार सप्तरीको भारदहमा दुई ओटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम राजमार्ग भएर गन्तव्तर्फ गइरहको मोटरसाइललाई रोकेर आन्दोलनकारीहरुले तोडफोड गर्दै आगजनी गरेका हुन् । उनीहरुले को ३ प ३१३६ नम्बर र बा ६२ प ४१६२ नम्वरको मोटरसाइकलमा आगजनी गरेका छन् । प्रहरी दमनबाट आक्रोशित मोर्चाका कार्यकर्ताहरुले गरेको आगजनीबाट दुवै मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको भारदह स्थित हाम्रा सम्वाददाता रामसेवक यादवले जानकारी दिएका छन् । आन्दोलकारीहरुले निषेधित क्षेत्रलाई अवज्ञा गर्दै भारदह, कञ्चनपुर, रुपनी, विसनपुर र कदमहा लगायतका स्थानहरुमा प्रदर्शन जारी राखेका छन् ।