सप्तरी अपडेट, ६ मंसिर ।
सप्तरीमा कर्फयुको अवज्ञा, राजविराज लगायत सप्तरिको विभिन्न ठाउँको स्थिति भयावह
सप्तरी प्रसानको विरोधमा मलेठ गाविसको विहारपुर स्थित स्थानिय युवाहरुले कर्फयूको अवज्ञा गर्दै आज विहानै देखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेको छ ।
बन्दको अवज्ञा गरी गाडी चलाएको भन्दै डेरी उद्योगबाट राजविराज तर्फ हिडेको मिलन डेरी उद्योगको भ्यानलाई मलेठ गाविसको विहारपुर स्थित स्थानिय युवाहरुले ढूंगामुढा गरी गाडीमा क्षती पूर्याउनुका साथै भ्यानमा लैजादै गरेका दुध दहीको जारहरु सडकमै खन्याई दिएको स्थानिय यूवा रामजी यादबले जानकारी दिएका छन् ।
