• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर दासको मृत्यू

काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर दासको मृत्यू

राजविराज, ६ मंसिर । जिल्ला प्रशासन कार्यालय अगाडि लगाइएको काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर सप्तरीमा आइतवार विहान एकजनाको मृत्यू भएको छ ।
यसरी करेन्ट लागेर मृत्यू हुनेमा सप्तरीको जमुनी मधेपुरा गाविस स्थित पर्साहीका २० वर्षिय शिवशंकर दासको मृत्यू भएको हो । साइकल चढेर आउँदै गर्दा काँडेतार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उपचारकालागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिए पनि तत्कालै मृत्यू भएको थियो ।
प्रशासन कार्यालयको सुरक्षार्थ विगत सवा तीन महिनादेखि सुरक्षाकर्मीले काँडेतार राखेर सुरक्षा दिँदैआएका थिए ।