• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा अनिश्चितकालका लागि कफर््यू जारी, कर्फयू उल्लंघन गर्दै प्रदर्शन जारी

सप्तरीमा अनिश्चितकालका लागि कफर््यू जारी, कर्फयू उल्लंघन गर्दै प्रदर्शन जारी

राजविराज, ६ मंसिर । सप्तरीको भारदह र रुपनीमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यू तथा दर्जनौ घाइते भएपछि सप्तरी प्रशासनले अनिश्चितकालकालागि कफर््यू आदेश जारी गरेको छ ।
सुरक्षा समितिको बैठकले भारदहको कंकालिनी मन्दिरदेखि ५ सय मिटर पूर्व, मन्दिरदेखि महुली पुलसम्म, सकरदही नहरको २ सय मिटरसम्म तथा दक्षिणी ईलाका हुदै राजमार्गको महुलीसम्म दक्षिणी ईलाकासम्मको क्षेत्रमा कफर््यू आदेश जारी गरेको छ । यस्तै राजमार्गको रुपनी चौकदेखि उत्तर र दक्षिण ५ सय मिटर दायाँ बायाँ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । यसैगरी पूर्वमा जगमोहन चौकदेखि पश्चिम शम्भुनाथ चौकसम्मको क्षेत्रमा आज विहान ६ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मकोलागि कफर््यू आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणभन्दा बाहिर गइरहेकोले कफर््यू आदेश जारी गरेको जनाईएको छ ।
यता स्थानीय प्रशासनले कफर््यू जारी गरे पनि त्यसलाई उल्लंघन गर्दै राजमार्गमा आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेका छन् । शनिवारवारैदेखि प्रहरीले राजमार्ग सुचारु गराउने गराउने प्रयास जारी राखे पनि प्रहरी विफल भएका छन् ।
आक्रोशित आन्दोलनकारीहरुले रुपनीमा स.४ प ५३११ नम्बरको मोटरसाइकलमा समेत आगजनी गरेका छन् ।