राजविराज, ४ मंसिर । नयाँ शक्ति निर्माण अभियान सप्तरीका संयोजक अरुण कुमार साहले जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।
शुक्रवार उनले एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशी, थारु र जनजातीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । देश पीडा र छटपटाहटबाट गुज्रिरहेको भन्दै वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय विभेद विरुद्ध संघर्ष गर्ने दावी गरेका एमाओवादीले समेत जनतासँग धोका र गद्दारी गरेको विज्ञप्तिमा जनाइएको छ । नयाँ शक्ति निर्माणकालागि प्रवेश मात्र नगरेको भन्दै मधेशी, थारु र जनजातीको जायज माग पुरा गराउन सक्रिय सहभागिता एवम् संघर्षमा पूर्ण ऐक्यवद्धता रहने सयोजक साहद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
यसै बीच संयोजक साहले एक अर्को प्रेस जारी गर्दै संगठनका नेता प्रेमनारायण यादवका पिता अनुपलाल यादवको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गरेको छ ।