• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छठ पछि कडा आन्दोलन हुनेछः उपाध्यक्ष सिंह

राजविराज, २९ कार्तिक । राष्ट्रिय मधेश समाजवादी पार्टीका बरिष्ठ राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंहले मधेश आन्दोलनलाई अझ सशक्त एवम् कडा बनाउनुपर्ने बताएका छन् ।

मधेशी मोर्चाद्वारा कोईलाडीमा आइतवार आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेश आन्दोलनलाई राज्यपक्षले उपेक्षा गर्दैआएको प्रष्ट्याउँदै क्रुर शासवर्गलाई बाध्य पार्न आन्दोलन सशक्त पार्नु बाहेकको विकल्प नरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि सिंह छठ पर्वपछि राजमार्ग केन्द्रित आन्दोलनलाई थप सशक्त पार्नका घरघरबाट मधेशी जनता आन्दोलनमा होमिनुपर्नेमा जोड दिए । मोर्चाका स्थानीय संयोजक गोपीकृष्ण मण्डलको अध्यक्षतामा आयोजित बिरोध सभामा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास कुमार तिवारीले सशक्त आन्दोलनबाट शासकवर्गलाई घुँडा टेकाउने बताए ।
कार्यक्रममा मधेशी मोर्चा सप्तरीका संयोजक एवं सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, नेपाल निजामती कर्मचारी मञ्चका राष्ट्रिय अध्यक्ष बिनोद कुमार सिंह, सदभावना पार्टीका भोगेन्द्र मण्डल, उग्रकान्त झा, गुड्डु सिंह, सनी सिंह, हरिनारायण साह, भोगेन्द्र मण्डललगायतले मन्तव्य व्यक्त गरे ।