• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

गणपति टिम रुपनीलाई मधेश प्रिमियर लिगको उपाधि

गणपति टिम रुपनीलाई मधेश प्रिमियर लिगको उपाधि

खेलाडीको मनोबल बढाउन डा. सीके राउतद्वारा नजरबन्दबाट बाहिरिए ।
राजविराज, २९ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको उपाधि गणपति क्रिकेट क्लव रुपनीले हात पारेको छ ।
राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको मैदानमा सञ्चालित आइतवारको फाइनल खेलमा गणपति टिमले रञ्जितपुर राइडर्सलाई ५३ रनले जीत हात पारेको हो । टस जितेर गणपति टिमले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १४५ रन जोड्न सफल भए । जसमा अविनास कर्ण ५६, विजय भारती ४३ र हिमांशु १५ रन बनाए ।
बलिङ्गतर्फ रञ्जितपुर राइडर्सका सञ्जय यादव २, विक्रान्त देवले ३ र संजित साहले १ विकेट हात पारे । प्रतिकारमा रञ्जितपुर राइडर्सले १४६ रनको लक्ष्य लिएर मैदानमा उत्रेका राइडर्सले १६.१ ओभरमा सबै विकेट गुमाई ९३ रनमै सिमित रहे । जसमा राइडर्सका मुकुन्द यादव २८ र गुणानन्द राय ११ रन लिन सफल भए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेन ।1
बलिङ्गतर्फ गणपतिका विजय भारतीले किफायती बलिङ्ग गर्दै ३ विकेट, रोनित सिंह र अशोकले सामान्य २–२ विकेट बाँडेका थिए भने रोबिन सिंहले १ विकेट जोडन सफल भए । उक्त खेलको म्यान अफ द म्याच गणपति टिमका विजय भारती घोषित भए । प्रतियोगितामा म्यान अफ द सिरिज रोनित सिंह भए भने बेस्ट ब्याट्स म्यान गुणानन्द राय तथा बेस्ट बलर बिक्रान्त देव घोषित भए ।
उपाधी विजेता टिम र उप विजेता टिमलगायतका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले पुरस्कार प्रदान गरेका छन् । आयोजक मेसुका संयोजक संजिवनारायण यादवको अध्यक्षतामा आयोजित समापन समारोहमा खेलाडीहरुलाई गठबन्धका डा. वीरेन्द्र कुुमार यादव, बबिता राउत, नेपाल प्रजातान्त्रिक सेनानी संघ सप्तरीका कार्यवाहक सभापति सुर्यनारायण यादव, समाजसेवी सत्यनारायण शर्मा, उम्देश्वर प्रसाद साह, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, युवा नेता नवनीत झा, युवा विद्यार्थी मोर्चाका सह–संयोजक तारकेश्वर यादव, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव,3 समाजसेवी भिखो माझी, क्रिकेटर पवन दास, वीरेन्द्र यादव, गठबन्धनका जिल्ला अध्यक्ष सुरेन्द्र मधेशी, फोेरम लोकतान्त्रिकका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सत्येन्द्रनारायण यादवलगायत आयोजक मेसुका पदाधिकारीहरुले खेलाडीहरुलाई कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्तिक १४ गतेदेखि सञ्चालित खेलमा भारत, मधेशसहित नेपालका २० ओटा टिमको सहभागिता रहेको थियो ।