• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भारदहमा विरोधसभाको निरन्तरता

राजविराज, २४ कार्तिक । विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै सप्तरीको भारदहमा मङ्गलवार पनि प्रदर्शन र सभाको आयोजना गरियो ।
स्थानिय आन्दोलन परिचालन समितिद्वारा आयोजना गरिएको जुलुस भारदह र पोर्ताहा बजारको विभिन्न भाग परिक्रमा गरेको थियो । सहीद चौकमा आयोजित विरोधसभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जगदेव यादव, नेकपा माओवादीका केन्द्रीय सदस्य छेदी यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य कौशलेन्द्र यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका जिल्ला अध्यक्ष दानी मण्डल, श्यामदेव यादवलगायतले सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । आन्दोलन परिचालन समितिका संयोजक विरेन्द्र माझीको अध्यक्षतामा विरोधसभाको आयोजना गरिएको थियो ।