Top_Header_Right_Add

एमपिएलको फाइनल कार्तिक २९ गते, रञ्जितपुर राइडर्स र गणपति टिम रुपनी भिड्ने

एमपिएलको फाइनल कार्तिक २९ गते, रञ्जितपुर राइडर्स र गणपति टिम रुपनी भिड्ने

राजविराज, २३ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको १०औ दिनको खेलमा रञ्जितपुर राइडर्स र गणपति टिम रुपनी फाइनलमा प्रवेश गरेको छ ।

राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको मैदानमा सञ्चालित उक्त खेलमा रञ्जित राइडर्स टिमले टस जितेर पहिलो ब्याटिङ्ग गर्दै २० ओभरको खेलमा १२२ रनको चुनौती श्री बजरङ्गबली टिम अर्नाहालाई दिए । जसमध्ये रबिन्द्र यादव १७, गुणानन्द राय ४७, बिक्रान्त २९ र सञ्जय यादवले १५ रन बनाउन सफल रहे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ अर्नाहा टिमका राधेश्याम चौधरी ४, रामपुकार, चेकेन्द्र र बीरबहादुरले १–१ विकेट लिन सफल भए । प्रतिउत्तरमा लक्ष्यलाई पछ्याउँदै अर्नाहा टिमका राधेश्याम चौधरी ११ र सुभाषचन्द्र चौधरी १३ रन जोडे भने अन्य खेलाडि दोहोरो अंक जोडन सकेन । उक्त खेलमा रञ्जितपुर राइडर्सका गुणानन्द राय म्यान अफ द म्याच घोषित भए ।
यसैगरी दोस्रो खेलमा आयोजक मेसुले टस जिती ब्याटिङ्ग रोजेका थिए । ब्याटिङ्गतर्फ सचिन मिश्रा ३६ र जुगल किशोर चौधरी २४ रन बनाए भने अन्य कसैले दोहोरो अंक जोड्न सकेन । बलिङ्गतर्फ गणपति टिम रुपनीका अशोक मेहता १, मायानन्द चौधरी २ र रोनित सिंहले १ विकेट लिए ।
लक्ष्य पछ्याउँदै गणपति टिम रुपनीका अविनास कर्णले २८, अमल दास ४२, र रोनित सिंहले २४ रन बनाउँदै ८ विकेटले जीत हात पारे । आयोजक मेसुका बलिङ्गतर्फ जुगल चौधरी १ विकेट मात्र लिए । खेलको म्यान अफ द म्याच रोनित सिंह भए ।
एमपिएलको फाइनल खेल कार्तिक २९ आइतवार गणपति टिम रुपनी र रञ्जितपुर राइडर्स बीच हुने आयोजक मेसुका उपाध्यक्ष भूपेन्द्र मिश्राले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer