राजविराज, २३ कार्तिक । सप्तरी सुपर किंग्स, लायन्स एकेडेमी र योग ११ बरहिबिरपुुरको संयुक्त आयोजना तथा सप्तरी क्रिकेट संघ र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा आयोजित ड्रिम नेपाल अन्तर क्लब जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर सोमवार सम्पन्न खेलमा युथ एकेडेमी राजबिराज र योंग ११ बरहिले आ–आफनो खेल बिजयी भई सेमी फाईनलमा आफनो स्थान पक्का गरेको छ ।
सोमवार सम्पन्न पहिलो खेलमा युथ एकेडेमीले रुपनीलाई रोमांचक खेलमा १ बिकेटले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । रुपनीले टस जिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा १ सय ३२ रनको योगफल तयार पारेका थिए । रुपनीका लागी मायानन्द चौधरी २३, हिमांसु साह २२ तथा कृष्णा यादवले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ युथ एकेडेमीका जय चौधरीले ४, युगलकिशोर चौधरी २ तथा जितेन्द्र यादव र मिकुुमण्डलले सामान १ बिकेट लिएका थिए ।
१ सय ३३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको युथ एकेडेमीले १९ ओभर ५ बलमा उक्त लक्ष्य भेटाएका थिए । युथ एकेडेमीलाई बिजयी लक्ष्य सम्म पुरयाउन एकेडेमीका जय चौधरीले आर्कषक ब्याटिंग गर्दै ४५ बलमा ६चौक्का र १ छक्काको मदतले ५१ रन तथा बिवेक यादव र जितेन्द्र यादवले क्रमश १६ र १२ रनको योगदान दिएका थिए । खेलको म्यान अफ द म्याच युथ एकेडेमीका अलराउण्ड प्रर्दशन गरे वापत जय चौधरीलाई घोषित गरिएको थियो ।
सोमवार नै सम्पन्न दोश्रो खेलमा योंग ११ बरही बिरपुरले योंग युनाईटेड बिशनपुरलाई ७२ रनले पराजित गर्दै सेमी फाईनलमा आफनो स्थान पक्का गरेको छ । बरहीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा १ सय ३१ रनको योगफल तयार पारेका थिए । बरहीका लागि रवीन्द्र यादवले ४२ बलमा ३ चौक्का र ३ छक्काको मद्धतले ५३ रन, उपेन्द्र राय १९ र संजय यादवले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ बिशनपुरका तारनी चौधरीले २ तथा रसुल खाँन, बिवेक चौधरी र जितेन्द्र पासवानले सामान १ बिकेट लिएका थिए ।
१ सय ३२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको बिशनपुर बरही बिरपुरका घातक बलिंग सामु निरिह हुदै १५ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई ५९ रनमै समेटिएको थियो । बिशनपुरका लागि तारनी चौधरी र हकसर हकले सामान १० रनको यागदान दिएका थिए भने बलिंग तर्फ बरही बिरपुरका संजय चौधरी र रवी रायले सामान ३ बिकेट तथा संजित साह र रोशन यादवले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच योंग ११ बरही बिरपुरका रवीन्द्र यादव घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत मङ्गलवारको पहिलो खेल सबल नेपाल राजबिराज र लायन्स एकेडमी तथा धमियाइन पोर्ताहा र सप्तरी सुपर किंग्स राजबिराज बिच हुने जानकारी आयोजक समितिका संयोजक तिर्थ नारायण रायले जानकारी दिए ।