• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेशको समस्यामा काँग्रेसको दृष्टिकोण

तराई मधेश करिब तीन महिनादेखि चल्दै आएको आन्दोलनबाट आक्रान्त छ । आन्दोलनका क्रममा ४५ जनाको ज्यान गएको छ । बन्द हडतालले सबैभन्दा बढी मधेशलाई नै प्रभावित तुल्याएको छ । कुनै न कुनै रुपमा यसको असर सिंगो मुलुकमाथिनै परेको छ । आन्दोलन यति लामो अवधिसम्म चलेको भएपनि संकटको निकासप्रति सरकार र यस आबद्ध दलहरु अझै गम्भिर हुन सकिरहेका छैनन ।
पछिल्लो पटक भएको सरकारी वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको टोलीबीचको वार्तालाई विगतको तुलनामा सकारात्मक भनिएपनि त्यसकै भोलिपल्ट विरगञ्जमा प्रहरीको गोली लागेर एक भारतीय युवकको मृत्यु भएपछि दुबै पक्षकाबीच दुरी बढेको अवस्था छ । मुलुक लामो समयदेखि यसरी अनिर्णयको पक्षमा रहेको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले समेत मुलुकको संकट निवारणकालागि अग्रसरता लिनुपर्ने आवश्यकता बोध हुन थालेको छ । मधेशको समस्यालाई शिघ्र सम्बोधन हुनुपर्छ भनी काँग्रेसले आफ्नो माग अघि सारेको पनि छ । तर यतिले मात्र पुग्दैन । हुनत सरकारी पक्षले आफ्नो वार्ता टोलीमा काँग्रेसले त्यसमा आफ्नो सहभागिता नहुने स्पष्ट पारी सकेको छ । मधेशको समस्याप्रति काँग्रेसले आफ्नो दृष्टिकोण स्पष्ट पार्दै त्यसको समाधानका लागि प्रमुख प्रतिपक्षसँगै जिम्मेवार र ठूलो राजनीतिक दल भएका नाताले पनि अब सकृयता दर्शाउने मामिलामा विलम्ब गर्नु हुँदैन । काँग्रेसको वलियो जनाधार भएको भूमिपनि मधेश नै हो । आज मधेश जलिरहेको छ । त्यहाँको जलजलाई मत्थर कसरी पार्ने सकिन्छ ।
हरेक उपायको खोजी र समन्वयकारी भूमिकामा उसको सक्रियताको अपेक्षा गरिनुलाई अस्वाभाविक मानिदैन । मधेशको जायज माग सम्बोधनकालागि दवाव सिर्जन ागर्न सकेमात्र काँग्रेसले मधेशी जनताको आफूप्रतिको विश्वासलाई जीवन्त राख्न सकिन्छ । त्यसैले अहिलेको समस्यालाई छिटोभन्दा छिटो विकास दिलाउने मामिलामा नेपाली काँग्रेसले अग्रसरता लिनु आवश्यक छ । अधिकार प्राप्तीको आन्दोलनमा अगुवाई गर्दै आएको काँग्रेसले यस पटक पनि अग्रसरता देखाउन सक्दा मात्रै मधेशमा उसको खास जोगिने छ ।