Top_Header_Right_Add

खबरदार मधेशी युवाले हतियार माग्न थालेका छन्ः महतो

खबरदार मधेशी युवाले हतियार माग्न थालेका छन्ः महतो

राकेश साह
वीरगन्ज, १८ कात्तिक ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आबद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छिमेकी भारत र चीनलगायत अन्तर्रािष्ट्रय समुदायलाई नेपालमा नाकाबन्दी गर्न आग्रह गरेका छन् ।
तीन महिनादेखि शान्तिपूर्ण मधेश आन्दोलनलाइ सरकारले कुनै सुनुवाई नगरेकाले नेपालमा नाकबन्दी गरेर दबाव दिन वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आग्रह गरेका हुन् । ओलीको सरकारले वार्ता बिथोलेर दमन थालेको आरोप लगाउँदै छिमेकी मुलुकहरुसंगै दुनियाभरमा यस्तो आह्वान गरेको उनले बताए ।
‘२०४६ को आन्दोलनमा गिरिजाप्रसाद कोईरालाले जनतामाथि सरकारले गरेको दमन बिरुद्ध नाकाबन्दी गरेर सघाउन भारत, चीन र सबै दुनियालाई अह्वान गरेको स्मरण गराउँदै उनले आफूहरुले पनि आह्वान गरिरहेको बताए। नेता महतोले भने, ‘यतिखेर हामीले पनि उस्तै अह्वान गर्नुपर्ने बाध्यता आइपरेको छ ।
उनले यसलाई बाध्यात्मक कदम भएको बताउँदै भने, ‘संविधानसभामा चुनावमा जान अन्तर्रािष्ट्रय समुदायले दबाव दिएपछि २०६४ फागुन १६ मा हामीले सरकारसँग ८ बुँदे सम्झौता गरेका थियो, त्यतिबेलाको मधेश आन्दोलन पनि रोक्यौं । माधव नेपाल र पुष्पकमल दाहाललाई साक्षी राखेर गिरिजाप्रसादले सरकारकोतर्फबाट गरेको सम्झौता यतिखेर सरकारले नमानेकोले अन्तर्रािष्ट्रय जगत लागु गराउन दबाव दिनु पर्छ । उनले बिदेशका कुटनीतिक निकायहरुका लागि यो नैतिक प्रश्न पनि भएको दावी गरे ।
मधेश आन्दोलनमा मानव अधिकारको गम्भीर उलंघनका घटनाहरु गर्दैआएको अन्तर्रािष्ट्रय मानवअधिकारवादी संगठनहरुको प्रतिवेदनबाट प्रष्ट भइसकेको र मानव अधिकार आयोगले समेत स्वीकार गरिसकेको भन्दै नेपालमा गोलीगट्ठा र इन्धन लगायत आपूर्ति रोकेर र बिश्व समुदायले सहयोग गर्नुपर्ने आवश्कता रहेको उनले बताए ।
अन्तरिम संविधानले प्रदान गरेको अधिकार समेत खसवादी तीन दलले ल्याएको नयाँ संविधानमा कटौती भएकोले ती अधिकारहरुको पुनर्बहाली र संघीयता नै आफूहरुको मुख्य एजेण्डा भएको उनले बताए । वार्ता साकारात्कम दिशामा बढेको बेला सोमबार बिहान वीरगन्ज नाकास्थित शान्तिपूर्ण धर्नामा सरकारले दमन गरेर वार्ता बिथोलेको उनको आरोप छ ।
सरकारले मधेश आन्दोलनको बिकल्पमा चीनबाट इन्धन आपूर्तिको नीति अपनाएको भन्दै नेता महतोले मधेशीहरुले बिकल्प खोज्न थाले खसबादी तीन दल र सरकारलाई अप्ठ्यारो पर्ने चेतावनी समेत दिए । ‘आन्दोलनकारी मधेशी युवाले हामीसँग हतियार माग्न थालेका छन्’ महतोले भने । मधेशीहरुमा कहिले पनि बिखण्डनकारी सोंच नरहेको र मोर्चा राष्ट्रिय अखण्डताको पक्षमा रहदै आएको बताए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer