भारदह ९ कार्तिक । सप्तरीको ईलाका प्रहरी कार्यालय भारदहको टोलीले सोमवार एक मिनीबसबाट चार सय लिटर डिजेल र पेट्रोल बरामद गरेको छ ।
बा ३ ख ६१७४ नम्वरको मिनी बसभित्र लुकाई राखेको अवस्थामा प्रहरीले चेकजाँचका क्रममा दुई सय लिटर पेट्रोल र दुई सय लिटर डिजेल बरामद गरेको हो । पेट्रोल र डिजेल तस्करी गरिरहेको आरोपमा उमेश गजमेरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको पेट्रोल र डिजेलसहित गजमेरलाई आवश्यक कार्वाहीका लागि राजविराज स्थित जिल्ला प्रहरी कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।