• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फोरम सप्तरीद्वारा एकिकरण घोषणा सभा

राजविराज, ९ कार्तिक । मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल र खस समावेशी राष्ट्रिय पार्टी एकिकरण भए अनुसार सप्तरीमा समेत सोमवार एकिकरण घोषणा सभाको आयोजना गरियो ।
जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणु कुमारी यादवले जिल्ला कार्यसमिति सप्तरीको नामावली सार्वजनिक गरेकी हुन् । समितिको उपाध्यक्षमा कन्तलाल चौधरी, सचिवमा उमेश प्रसाद यादव, सह–सचिवमा उपेन्द्र साह र कोषाध्यक्षमा मनोज यादव रहेका छन् ।DSC02581
समितिको सदस्यहरुमा महेन्द्रनारायण यादव, योगेन्द्र प्रसाद यादव, दुर्गा प्रसाद साह, रामेश्वर यादव, नारायण यादव, रामकृष्ण मुखिया,  विरेन्द्रनारायण देव, अरुण यादव, सुरेन्द्र यादव, सदानन्द यादव, सुनिता साह, डोमन साह, प्रभुनारायण यादव, शैलेन्द्र प्रसाद यादव, सरोजकुमार यादव, चन्द्रनारायण चौधरी, विजय चौधरी, गणेश राई रहेका छन् । यसैगरी सदस्यहरुमा सुरेन्द्र प्रसाद यादव, श्याम यादव, उपमा देव, परमानन्द मण्डल, चन्द्रिका यादव, शिवशंकर यादव, ईन्द्रनारायण मण्डल, केदार प्रसाद यादव, विनोद चौधरी, श्रीप्रसाद भगत, सञ्जय मिश्र, साबिर अलि, दिनेश दास, उज्जवल चौधरी, सबुरलाल सरदार, चतुरनारायण चौधरी, गनसु चौधरी, दिल कुमारी चौधरी रहेका छन् । DSC02574
यस्तै अन्य सदस्यमा उमेश यादव, कौशलेन्द्र यादव, चन्द्रनारायण यादव, दिपनारायण यादव, अभिशेक यादव, बलराम यादव, रामचन्द्र यादव, तपशी यादव, विरेन्द्र गोइत, बद्री साह, रामेश्वर यादव, बालकिशोर यादव, रामेश्वर झखरैत, देवनारायण चौधरी, रामस्वागत विश्वकर्मा, बृजमान तामाङ्ग, विरेन्द्र चौधरी र राजेन्द्र राम रहेका छन् । जिल्ला समितिको सल्लाहकारमा रामदेव यादव, हरिनन्दन साह, बेचन पण्डित, टेकनारायण यादव, राधेश्याम पण्डित, सिकिन्दर पासवान, रामअवतार यादव र अर्जुन रामलाई चयन गरिएको पार्टीले जनाएको छ ।
कार्यक्रममा नव घोषित कार्यसमितिका पदाधिकारीहरुलाई केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले टीका लगाएर स्वागत गरेका छन् । राष्ट्रिय उपाध्यक्ष यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु अनिरुद्ध कुमार सिंह यादव, चित्तनारायण यादव, विनोद कुमार चौधरी, अशोक कुमार यादव, वुद्धिजिवी रणधीर कर्ण, महेन्द्रनारायण यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।