• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बोर्डर नाका समिति गठन

राजविराज, ८ कार्तिक । सिमा नाकाहरुमा आन्दोलनलाई सशक्त बनाउन ३१ सदस्यीय मधेशी मोर्चा बोर्डर नाका समिति गठन गरिएको छ ।
शिवनारायण यादवको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा बालेश्वर यादव, सचिवमा नरेश यादव र कोषाध्यक्षमा नारायण शर्मा रहेको मधेशी मोर्चाको सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिएका छन् । समितिको सदस्यमा उमेश साह, विकरु मण्डल, श्यामसुन्दर मुखिया, कलेन्द्र यादव, प्रमेश्वर यादव, शत्रुध्न यादव, बलराम मुखिया, लाल यादव रहेका छन् । सल्लाहकारमा सत्यनारायण यादव र जयनारायण यादव रहेका छन् ।