• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

‘इच्छाधारी’को सुटिङ्गमा व्यस्त प्रियंका पंडित

‘इच्छाधारी’को सुटिङ्गमा व्यस्त प्रियंका पंडित

priyanka
भोजपुरी सिनेमाकी चुलबुली सौन्दर्य नायिका प्रियंका पंडित यतिबेला  ‘इच्छाधारी’ फिल्मको सुटिङ्गमा व्यस्त रहेकी छिन् । फिल्मको नाम सुन्नासाथ सहज रुपमा अनुमान लगाउन सकिन्छ कि प्रियंकाको भूमिका कस्तो होला ? यो फिल्ममा उनी  काफी फरक देखिनेछ । त्यसो त प्रियंका हरेक फिल्ममा दर्शकका बीच एक अलग अंदाजमा प्रस्तुत हुँदैआएकी छिन् । ‘इच्छाधारी’को सुटिङ्गमा व्यस्त रहेकी प्रियंका गरबा र डांडियालाई खुबै मिस गरिरहेकी छिन् । किनकी उनी गरबा र डांडिया खेल्न खुबै मन पराउँछिन् ।
प्रियंकाले हालै फिल्म ‘हीरो उहे जे हीरोइन लेके जाये’को सुटिङ्ग पुरा गरेकी छिन् । यो फिल्ममा उनीसँग रानी चटर्जी पनि देखिने छिन् । प्रियंकाको चाँडै बहुत हारर थ्रिलर फिल्म आउन लागेको छ । उक्त फिल्म हिन्दी र भोजपुरी भाषामा निर्माण गरिनेछ । उक्त फिल्मको नाम हो ‘द डेविल’ । त्यसैलाई भोजपुरीमा ‘पिशाज’ नामबाट रिलीजÞ गरिने जनाइएको छ । उक्त फिल्ममा प्रियंका एउटी चुलबुली केटीको भूमिकामा देखिने जनाइएको छ ।