• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेशी मोर्चाद्वारा विरोध जुलुस प्रदर्शन

Rajbiraj Ma Birod Julus 4राजविराज, १ कार्तिक । मधेशी मोर्चा सप्तरीले आइतवार राजविराजमा विरोध जुलुस प्रदर्शन गरेको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस चर्को नाराबाजी गर्दै नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नगरपरिक्रमा पश्चात सहीद दशन चौकमा आयोजित सभामा मधेशी जन अधिकार फोरम लोकतान्त्रिक पार्टीको महासचिव पद त्याग गरी विरोधसभामा बोल्दै मृगेन्द्र कुमार सिंह यादवले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी तथा प्रदेशको सिमांकनको विषयलाई लिएर थरुहट मधेशमा आन्दोलन चलिरहेका बेला आन्दोलनले सार्थक निष्कर्ष प्राप्त गरी नसक्दै पार्टी अध्यक्ष विजय कुमार गच्छदार सरकारमा गएर मधेशी जनताको भावनामा ठेस पुर्याएको बताए । सबैखाले विभेदबाट मुक्तिकालागि पटक–पटक आन्दोलन हुँदैआएको भन्दै मधेश थरुहट प्रदेश प्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताए ।Rajbiraj Ma Birod Julus 3 (2)
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारी,  मधेश संयुक्त आन्दोलन  परिचालन समितिका प्रवक्ता बलराम यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, तराई मधेश राष्ट्रिय अभियानका केन्द्रिय सदस्य भोला मुखिया, तराई मधेश सद्भावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झालगायतका वक्ताहरुले सम्बोधन गरेका छन् । मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित सभाको सञ्चालन सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले गरेका थिए ।