• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका सांसद यादवलाई सिंचाई मन्त्रीको जिम्मेवारी

सप्तरीका सांसद यादवलाई सिंचाई मन्त्रीको जिम्मेवारी

राजविराज, १ असोज । सप्तरी क्षेत्र नम्वर–३ का सांसद उमेशकुमार यादव सिंचाई मन्त्रीको जिम्मेवारी पाएका छन् ।
आइतवार गरिएको मन्त्रीमण्डल विस्तारमा उनी एकिकृत नेकपा माओवादीबाट सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका हुन् । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा यादव प्रत्यक्षबाट निर्वाचित भएका थिए । पार्टीका केन्द्रिय सदस्य समेत रहेका उनी विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय भूमिका निभाउँदैआएका छन् ।
यस्तै नेकपा एमालेका तर्फबाट समानुपातिक सभासद् सत्यनारायण मण्डल यस अघि नै बिना विभागीय मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय सदस्य समेत रहेका सभानुपातिक सभासद् गंगाप्रसाद यादव उपसभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
यस अघि एमाओवादीका टोप बहादुर रायमाझी उपप्रधान एंव उर्जा मन्त्री, शक्ति बस्नेत गृहमन्त्री, गिरीराजमणी पोखरेल शिक्षा मन्त्री, रेखा शर्मा सामान्य प्रशासन मन्त्री, अग्नि सापकोटा वन मन्त्री र गणेशमान पुन बाणिज्य तथा आपूर्ती मन्त्रीको जिम्मेवारी पाएका छन् ।
उप–प्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, उप–प्रधान तथा भौतिक योजना र यातायात मन्त्री विजयकुमार गच्छदार, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नी खरेल, उद्योग मन्त्री  सोमप्रसाद पाण्डे, कृषि मन्त्री हरिबोल गजुरेल, विनाविभागीय मन्त्री सत्यनारायण मण्डल, बिना विभागीय मन्त्री रामकुमार सुब्बा र राज्य मन्त्रीको जिम्मेवारी मेघराज नेपाली निषादले पाएका छन् ।