Top_Header_Right_Add

आश्विन शुक्लपक्ष पञ्चमी ः स्कन्दमाताको पूजा

आश्विन शुक्लपक्ष पञ्चमी ः स्कन्दमाताको पूजा

राजविराज, ३० असोज । आज बडा दशैंको पाँचौं दिन (शनिबार) घरघरमा तथा देशैभरिका देवी मन्दिरमा शनिवार स्कन्दमाता देवीको पूजाआराधना गरिंदैछ ।
भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । देवी मानसगद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् ।
देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सु–सम्पन्न हुने विश्वास छ । नवरात्रका अन्य दिन झैं देवी भक्तिका लागि यस दिन पनि भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा गई पूजा–आजा गरिँदैछ ।

Skandmata4
बडा दशैंको अवसरमा सप्तरीको सखडेश्वरी शक्तिपीठ, कंकालिनी भगवति, राजदेवी, योगिनीमाइ लगायतका देवी मन्दिरहरुमा पूजा–आजा भइरहेको छ । यसैगरी सिरहाको बालासुन्दरी, राजदेवी, जनकपुरको राजदेवी, बाराको गढीमाई, पर्साको गहवामाई, काठमाण्डौको दक्षिणकाली, गुहेश्वरी, धरानको दन्तकाली लगायतका देवी मन्दिरहरुमा श्रद्धालुभक्तजनहरुले पूजा–आजा गरिरहेको जनाइएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer