Top_Header_Right_Add

पत्रकार मण्डलको घटनाप्रति महासंघको ध्यानाकर्षण

पत्रकार मण्डलको घटनाप्रति महासंघको ध्यानाकर्षण

राजविराज, २८ असोज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष बिष्णुकुमार मण्डललाई बुधबार कुटपीट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीको  गम्भीर ध्यानाकर्षण भएको छ ।
पूर्व अध्यक्ष मण्डललाई छिमेकी यशबन्त सिंह र उनका पत्नी सबिता सिंहले उनलाई कुटपीट गरी घाइते बनाएका थिए । सिंह दम्पतीले अपशब्द प्रयोग गर्दै ईटाको टुक्रा तथा हथौडाले हिकाउँदा पत्रकार मण्डलको टाउँको, खुट्टा तथा शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको छ । कुटपीटबाट घाइते भएका मण्डल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराएर घर फर्केका छन् ।
पत्रकार मण्डललाई कुटपीट गर्ने दोषीलाई कानून बमोजिम कारवाही गर्न स्थानीय प्रशासनसँग महासंघ सप्तरीका सचिव ओमप्रकाश साहले जोडदार माग गरेका छन् । दोषीलाई कारवाही नगरे महासंघ आन्दोलनमा उत्रिने समेत विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच उक्त घटनाको विषयमा बुझ्न पत्रकारहरुको एक टोलीले जिल्ला प्रहरी कार्यालय पुगेका थिए । टोलीले प्रहरी उपरीक्षक भीम ढकाललाई भेटेर दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् । पत्रकारहरुको टोलीले पत्रकार मण्डलको राजविराज–४ स्थितको निवास पुगेर घटनास्थलको निरीक्षण गरेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer