Top_Header_Right_Add

कंकालिनी मन्दिरमा पूजा–आजामा विशेष सहुलियतः मन्दिर समिति

कंकालिनी मन्दिरमा पूजा–आजामा विशेष सहुलियतः मन्दिर समिति

bhardha kankalini (86)राजविराज, २८ असोज । कंकालिनी भगवति मन्दिरमा विगतका वर्षहरु झैं यो वर्ष पनि मन्दिर विकास समितिले श्रद्धालु भक्तजनहरुलाई पूजाआजा गर्न सहुलियतको ब्यवस्था मिलाएको छ ।
मधेशी पत्रकार समाज सप्तरीद्वारा विहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गजेन्द्रप्रसाद माझीले उक्त विषयमा जानकारी दिएका हुन् ।     मधेस आन्दोलनको केन्द्रबिन्दु सप्तरीको भारदह हुन पुगेको भन्दै उक्त कारणले मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनहरुलाई मनमा कुनै किसिमका द्विविधा नराख्न समितिले आग्रह गरेको छ ।
मन्दिरमा पूजाआजा गर्न आउनकालागि कुनै किसिमको बाधा–ब्यवधान समेत नरहेको भन्दै अध्यक्ष माझीले निर्वाद्ध रुपमा आउन मन्दिर विकास समितिको तर्फबाट उनले आग्रह गरे । विजयादशमी अवधिभर समितिका पदाधिकारी, स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीयहरुको विशेष उपस्थितीमा मन्दिर परिसरमा कुनै असुरक्षा नरहेको समेत उनले पत्रकार सम्मेलनमा विश्वास व्यक्त गरे ।
महानवमीका दिन हुने राङ्गा बलि प्रदान नै मन्दिरको मूख्य आकर्षण रहेको भन्दै  कार्तिक ४ गते बुधवार राङ्गा बली प्रदान गर्न आउन हुने भक्तजनहरुलाई कार्तिक ३ गतेसम्म मन्दिर परिसरमा आई नाम दर्ता गराउन समेत समितिले आग्रह गरेको छ । बलि प्रदान गरिएका राङ्गा लिन आउनु हुने भक्तजनहरु पनि कार्तिक ४ गते बुधवार बिहानैदेखि मन्दिर विकास समितिको कार्यालयमा सम्पर्क राख्न समितिका सचिव लक्ष्मण मण्डलले आग्रह गरे । भारदह क्षेत्रमा कुनै किसिमको साम्प्रादियक क्रियाकलाप विगतमा समेत नभएको र आगामी दिनमा समेत त्यस्ता कुनै किसिमको गतिविधि नहुने पूर्ण विश्वास समेत मन्दिर समितिले व्यक्त गरेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer