• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
घाँस काट्न गएकी खातुन मृत फेला परिन्

कञ्चनरुप, २८ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकामा विहीवार एक महिलाको शव फेला परेको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्वर–१० की २८ वर्षिय सफिना खातुनको शव फेला परेको हो । उनी मङ्गलवार घाँस काट्नका लागि घरबाट निस्केकी थिइन् । साँझ घर नफर्केपछि उनका परिवारजनले खोजी गर्दैआएका थिए । विहीवार विहान खेत हेर्न गएका व्यक्तिहरुले सफिनालाई मृत अवस्थामा देखेपछि स्थानीय प्रहरी चौकी धरमपुरलाई खबर गरेका थिए ।
घरदेखि करिब दुई सय मिटर परको खेतमा मेटासिड नामक विषादी समेत फेला परेको छ । उनको शवलाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले जानकारी दिएका छन् ।