• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिनेः अध्यक्ष तिवारी

माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिनेः अध्यक्ष तिवारी

aराजविराज, २७ असोज । नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
मधेशी पत्रकार समाजद्वारा बुधवार आयोजित संविधानको शल्यक्रिया विषयक पुस्तिका विमोचन समारोहमा बोल्दै उक्त कुरा बताएका हुन् । मधेशमा असहयोग आन्दोलन चलिरहेको बेला मोर्चाका सांसदहरुले मतदानमा भाग लिनु गलत निर्णय भएको उनले बताए ।
मधेशलाई ६ टुक्रा पारेर मधेशी, थारु, आदिवासी, जनजातिको अल्पसंख्यक बनाउने संविधान जारी गरिएको विषयलाई बुँदागत रुपमा पुस्तिकामा चर्चा गरिएको अध्यक्ष तिवारीले जानकारी दिए । मधेश र मधेशी जनताको मागको सम्बोधन नभएसम्म आन्दोलनलाई रोक्न षडयन्त्र भइरहेको भन्दै जनताले आफ्नो अधिकारलाई संरक्षण गर्न खबरदारी गर्नुपर्ने उनले बिचार व्यक्त गरे ।
पुस्तिकाको बिमोचन वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा र लेखक विकास तिवारीले संयुक्त रुपमा गरेका छन् ।