Top_Header_Right_Add

मधेशी मोर्चाद्वारा राजविराजमा विरोधसभा

मधेशी मोर्चाद्वारा राजविराजमा विरोधसभा

राजविराज, २७ असोज । आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिँदै मधेशी मोर्चा सप्तरीद्वारा राजविराजमा बुधवार विरोधसभाको आयोजना गरियो ।
राजविराज स्थित सहीद दशन चौकमा आयोजित सभामा संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार यादव, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव, सद्भावना किसान मञ्चका महासचिव अमरकान्त झा, नेकपा माओवादीका जयप्रकाश यादव, पञ्चदेव यादव, तुफान मधेशी लगायतका वक्ताहरुले सम्बोधन गरेका छन् । सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा विरोधसभाको आयोजना गरिएको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer