Top_Header_Right_Add

बामपन्थी शक्तिहरुको अपवित्र गठबन्धनले देश अर्को द्वन्द्वमाः मण्डल

बामपन्थी शक्तिहरुको अपवित्र गठबन्धनले देश अर्को द्वन्द्वमाः मण्डल

राजविराज, २६ असोज । वरिष्ठ राजनीतिक विष्लेशक खुशीलाल मण्डलले वर्तमान अवस्थामा बामपन्थी शक्तिहरुको अपवित्र गठबन्धनले मुलुक अर्को द्वन्द्वमा फँस्ने दावी गरेका छन् ।
राजविराज स्थित आफ्नै निवासमा मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी उनले यस्तो दावी गरेका हुन् । वर्तमान अवस्थामा भएको गठबन्धन सत्ता लिप्साकै लागि भएको प्रष्ट्याउँदै उनले भने ‘वर्तमान अवस्थामा बामपन्थी शक्तिहरुको  अपवित्र गठबन्धनले गर्दा देश फेरी लामो द्धन्दतर्फ उन्मुख भएको छ, यस्तो अवस्थामा प्रजातन्त्रवादी शक्तिहरु समेत गम्भीर बन्नु जरुरी छ
संविधान सभाको दोस्रो निर्वाचन पछि जनआन्दोलनबाट प्राप्त उपलब्धीहरु हरण गरी संविधान जारी गर्ने बेलादेखि मधेशी ,आदिवासी ,जनजाती ,दलित ,मुस्लिम लगायत विभेद तथा उत्पीडनमा पारिएका समुदायद्धारा जारी रहेको आन्दोलनलाई बेवास्ता गरेर संविधान जारी गरिनु तीन दलको ठूलो भएको वरिष्ठ नेता मण्डलले बताए । लोकतान्त्रिक अधिकारको उपयोग गर्दै मधेशी जनता शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा जायज मागलाई सम्बोधन गर्नेतर्फ चासो नदेखाई सुरक्षा फौज परिचालन गरेर दमन गरिनु घोर निन्दनीय कार्य भएको उनले ठहर गरे ।
पञ्चायती शासन तथा शाही शासनकालका पृष्ठपोषकहरु र बामपन्थी शक्तिहरु बीचको गठबन्धनले गर्दै देशमा नयाँ खालको संकट उत्पन्न हुने समेत उनले सम्भावना व्यक्त गरे । जनआन्दोलनमा अपाङ्ग भई कष्टप्रद जीवन बिताइरहेका जिउँदो सहीद मुकेश कायस्थदेखि सम्पुर्ण शहिद परिवार एवं अग्रगामी विचारधाराको नागरिकको आत्मामाथि ठूलो बज्रपात भएको भन्दै दमनकारी शक्तिको मनोवल बढाउने काम भएको नेता मण्डलले प्रष्ट पारे ।
२००७ सालको क्रान्तिपछि देशमा शुरु भएको अपवित्र गठबन्धनको सत्ता प्राप्तिको खेलका कारण नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि गुम्दै आएको उनले चर्चा गरे । दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई मुख्य आन्दोलनकारी दलले नै  लत्याएको बताउँदै उनले भने ‘अधिकार बिहिन मधेशी लगायतका समुदायलाई आन्दोलन गर्न बाध्य पारिएको तथा पटक–पटकको आन्दोलनपछि जनआन्दोलनकालिन केही माँग अन्तरिम संविधानमा समावेश गरिएपछि २०६४ सालमा संविधान सभाको चुनाव भए पनि प्रथम संविधानसभा नेताहरुको अदुरदर्शिताका कारण विफल भयो । वर्तमान अवस्थामा देखिएको सम्भावित चुनौतीहरुलाई मध्यनजर गर्दै आन्दोलनमा उठेका स्वरहरुलाई बेवास्ता नगरी तत्काल जायज मागहरु सम्बोधन गर्नुपर्ने उनको सुझाव रहेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer