• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा मशाल जुलुस प्रदर्शन र विरोधसभा

राजविराजमा मशाल जुलुस प्रदर्शन र विरोधसभा

राजविराज, २५ असोज । आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै मधेशी मोर्चा सप्तरीद्वारा राजविराजमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको मशाल जुलुस राजविराजको विभिन्न भाग परिक्रमा पश्चात सहीद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । विरोधसभामा बोल्दै वक्ताहरुले मधेशवादी दल प्रधानमन्त्रीको चयनमा मतदान प्रक्रियामा सहभागी हुनुका साथै सरकारमा गएकोमा विरोध तथा असन्तुष्टि जनाउँदै आक्रोस व्यक्त गरेका छन् । मधेशी जनता आन्दोलित रहेको तथा माग समेत सम्बोधन नभएकोले सरकारमा सहभागी हुनुको औचित्य नरहेको भन्दै निर्णय फिर्ता लिन माग गरेका छन् ।

मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित सभामा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीकी केन्द्रीय सदस्य साबित्री पंडित, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव, युवा नेता विशाल यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका भूपेन्द्र यादव, मलेठ मोर्चाका रामकिसुन यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका महेन्द्र खङ्ग, सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, फोरम गणतान्त्रिकका अरबिन्द यादव, नेकपा माओवादीका जयप्रकाश यादव, मोर्चाका ३ नम्वर क्षेत्रका संयोजक लक्ष्मण यादव, तुफान मधेशी, भोला मुखियालगायतले सम्बोधन गरेका छन् ।

4