• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्थानिय

पशु कार्यालयका प्रमुख चौधरीको दुर्घटनामा मृत्यू

पशु कार्यालयका प्रमुख चौधरीको दुर्घटनामा मृत्यू

राजविराज, २५ असोज । सुनसरीको पशु क्वारेन्टाइन चेक पोष्ट भन्टाबारीका प्रमुख शत्रुध्न प्रसाद चौधरीको आइतवार राती मोटरसाइकल दुर्घटनामा परेर मृत्यू भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–४ घर भएका ५४ वर्षिय चौधरी सुनसरीबाट बा २ प ६३८ नम्वरको मोटरसाइकलबाट घरतर्फ आउने क्रममा घर नजिकै रहेको कोशी बाँधमा दुर्घटनामा परेका हुन् । राती करिब ११ बजेको समयमा भारदह स्थित कंकालिनी मन्दिर छेउको कोशी बाँधको बाटो भएर घर फर्किने क्रममा मोटरसाइकल बाँधबाट खेतमा झरेको थियो । खेतमा पानी रहेका कारण टाउँको पानीमा पर्न गई निस्सासिएर मृत्यू भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । चौधरीको जीउमा कुनै गम्भीर चोटपटक तथा घाउ खत नदेखिएको जनाइएको छ । उनको शवलाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएकोे थियो ।