• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्यार्थी कुटिएपछि कञ्चनरुप नगरपालिका तनावग्रस्त

विद्यार्थी कुटिएपछि कञ्चनरुप नगरपालिका तनावग्रस्त

राजविराज, २४ असोज । सप्तरीको कञ्चनपुर नगरपालिका वडा नम्वर–५ का १६ वर्षिय किशोर टुनानन्द मण्डललाई प्रहरीले कुटपीट गरेपछि अवस्था तनावपूर्ण बन्न पुगेको छ ।
विहान करिब ५ बजेको समयमा बस तथा मालबाहक ट्रकहरुलाई स्कर्टिङ गर्ने कार्यमा खटिएका प्रहरीले उनलाई कुटपीट गरेपछि अवस्था असहज बन्न पुगेको हो । प्रहरीले गरेको कुटपीटबाट मण्डलको हातमा गहिरो चोट लागेको छ । मर्निङ वाकमा निस्केका किशोर मण्डललाई प्रहरीले घरबाट किन निस्केको ? भन्दै लट्ठीले कुटपीट गरेका छन् । आफूलाई प्रहरीले कुटपीट गरिरहेको विषयमा परिवारका सदस्यलाई जानकारी गराउन खोज्दा साथमा रहेको नोकिया मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएका छन् ।
कञ्चनपुर बेरियर विहानैदेखि तनावग्रस्त बन्न पुगेको थियो । प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय तथा बेरियरस्थित नेपाल बैंकमा ढुंगामुढासमेत गरेका थिए ।