• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अधिकार नपाएसम्म सद्भावना सत्तामा नजानेः रामबाबु

अधिकार नपाएसम्म सद्भावना सत्तामा नजानेः रामबाबु

राजविराज, २४ असोज । सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ले मधेशी जनताले अधिकार नपाएसम्म आफूहरुको पार्टी सत्तामा नजाने दावी गरेका छन् ।
सप्तरीको हनुमाननगरमा आइतवार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । आफ्नो पार्टी मधेश र मधेशी जनताप्रति समर्पित रहेको प्रष्ट्याउँदै प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष साहले भने ‘मधेशी जनताले अधिकार नपाएसम्म हामीहरुको पार्टी सत्तामा जाँदैन । आन्दोलन लम्बिएर दुई महिना पुगिसक्दा पनि सरकार गम्भीर नभएको भन्दै प्रमुख तीन दलका नेताहरु कुर्सीको खेलमा लागेको बताउँदै आन्दोलनलाई थप सशक्त बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । चार दर्जनभन्दा बढी मधेशी सपूतहरुको बलिदानीलाई खेर जान नदिने भन्दै स्थानीय प्रशासनले गोली चलाए आफू छाती थाप्न बाध्य भएको प्रमुख अतिथि साहले बताए ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका प्रवक्ता बलराम यादवले नेपालमै पहिलो पटक लोकतन्त्र र मधेश विरोधी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली चयन भएको बताए । उनले भने ‘जमिन्दारको नाममा राजवंशीहरुको टाउँको काट्ने ओली र १३ हजार नेपालीको रगत बगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै फासिस्टहरुले देशमा तानाशाही शासन गर्न खोजेको छ ।’
विरोधसभामा सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार धर्मनारायण राय, जिल्ला अध्यक्ष सुनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका उपाध्यक्ष सतिश कुमार सिंह, मधेश रक्षा वाहिनीका जिल्ला अध्यक्ष विनोद कुमार यादव, महिला नेतृ पूनम यादव, स्थानीय समाजसेवी हेमन्त जैन, युवा नेता इमामुद्दिन, माधुरी मण्डल, सुरेन्द्र झा, देवेन्द्र झा, मदन शारदा, मोहन अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका छन् । पार्टीका क्षेत्रीय अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा सम्पन्न विरोधसभाको सञ्चालन पार्टीका केन्द्रीय सदस्य राजकुमार यादवले गरेका थिए । सोही कार्यक्रममा वरिष्ठ कलाकार राघव झाले मधेश आन्दोलन सम्वन्धि गीत प्र्रस्तुुत गरेपछि प्रमुख अतिथि साहले पगरीसहित पाँच सय प्रदान गरेका थिए ।DSCN5276