Top_Header_Right_Add

राजमार्गमा फेरी अनिश्चितकालीन दङ्गाग्रस्त क्षेत्र घोषणा

राजमार्गमा फेरी अनिश्चितकालीन दङ्गाग्रस्त क्षेत्र घोषणा

राजविराज, २४ असोज । सुरक्षा समिति सप्तरीको शनिवार सम्पन्न बैठकले पूर्व–पश्चिम राजमार्गमा आइतवारदेखि अनिश्चितकालिन दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
दङ्गाग्रस्त क्षेत्र घोषणा  फिर्ता लिएको २४ घण्टा नबित्दै सुरक्षा समिति सप्तरीको आइतवार सम्पन्न बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्मकोलागि दङ्गाग्रस्त क्षेत्र घोषणालाई निरन्तरता दिइएको हो । गत भदौ १ सप्तरीको भारदहमा प्रहरीको गोलीबाट राजिव भनिने रामकृष्ण राउतको मृत्यू हुनुका साथै करिब एक दर्जन घाइते भएपछि अवस्था असहज भएको भन्दै राजमार्गलाई सप्तरी प्रशासनले दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
आइतवार साँझ ७ बजेदेखि लागु हुने गरी पूर्वमा कोशी व्यारेजदेखि पश्चिम बलान नदीको पुलसम्मको पूर्व–पश्चिम लोकमार्ग र कदमाहादेखि पन्ध्र कट्ठे सडकसम्मको सडकखण्ड र दुवै सडकखण्डको दायाँ पाँच सय मिटर र बायाँ पाँच सय मिटर दुबैतर्फको ईलाकालाई अर्को आदेश नभएसम्मकालागि हरेक दिन साँझ ७ बजेदेखि विहान ७ बजेसम्म कायम रहने गरी दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । उक्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न, पोष्टर टाँस्न, लेख्न तथा उक्त क्षेत्रमा पाँच जना वा सोभन्दा बढी व्यक्तिहरु जम्मा हुन निशेध गरिएको जनाइएको छ । उक्त आदेश उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कार्वाही गर्न सुरक्षा फौज बाध्य हुने स्थानीय प्रशासनले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer