• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पाँच दिनकालागि सप्तरीमा बैंकहरु खुल्ला

राजविराज, २४ असोज । अनिश्चितकालिन आमहडतालका कारण बन्द रहेको सप्तरीका बैंकहरु पाँच दिनकालागि सञ्चालन हुने भएको छ ।
करिब दुई महिनादेखि बन्द रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास लगायतका बैंकहरु चाडपर्वलाई मध्यनजर गर्दै मधेशी मोर्चा सप्तरीले अवरोध नपुर्याउने निर्णय गरेको हो । मोर्चाका जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा आइतवार बसेको बैठकले असोज २५ गतेदेखि २९ गतेसम्मका लागि जिल्ला स्थित बैंकहरुलाई अवरोध नपुर्याउने निर्णय गरेको सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिएका छन् ।
मोर्चाको बैठकको निर्णय ढिलो सार्वजनिक भएका कारण आइतवार भने बैंकहरुमा कारोबार हुन सकेन । सोमवारदेखि मात्र बैकिङ्ग कारोवारहरु सुचारु गरिने जिल्ला स्थित बैंकहरुले जनाएको छ ।
यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिकामा आइतवार विद्यार्थीहरुमाथि प्रहरीले गरेको कुटपीट तथा दुव्र्यवहारको मधेशी मोर्चा सप्तरीले घोर भत्र्सना गरेको छ । उक्त घटनामा संलग्न दोषी प्रहरी तथा संलग्न अन्यलाई अविलम्ब कार्वाही गर्न मोर्चाको बैठकले माग गरेको सूचना तथा सञ्चार समितिका संयोजक मण्डलले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।