• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जोगबनीको झडपमा फोरम नेतृ यादवसहित डेढ दर्जन घाइते

जोगबनीको झडपमा फोरम नेतृ यादवसहित डेढ दर्जन घाइते

राजविराज, २३ असोज । विराटनगरस्थित जोगवनी नाकामा जारी रहेको धर्नामा शनिवार प्रहरीले बल प्रयोग गर्दा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष रेणु यादवसहितका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।

शान्तिपुर्ण धर्नामा बसेको अवस्थामा प्रहरीले बल प्रयोग गर्दै अन्धाधुन्ध लाठी चार्ज गर्दा डेढ दर्जन आन्दोलनकारी घाइते भएका हुन् । घाइते हुनेहरुमा फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष यादव, सप्तरी जिल्ला समितिका सदस्यहरु सुरेन्द्र यादव, श्री प्रसाद भगत, दयानन्द गोईत र सुनसरी जिल्लाका नेता कार्यकर्ताहरु समेत गरी करिब डेढ दर्जन आन्दोलनकारीहरु घाइते भएका छन् । घाइतेहरु स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसैबीच फोरमका सप्तरी अध्यक्ष दिनेश कुमार यादवले शनिवारै एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको दमनको घोर निन्दा एवं भत्र्सना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विगतमा भएका सम्झौता र सहमति कार्यान्वयन गर्न समेत उनले प्रेस विज्ञप्तिमार्फत माग गरेका छन् ।